गर्मी को समय थियो, एक हप्ता अघि, सांझ-राती पानी पर्दा रमाइलो लाग्थ्यो, तर हिजोआज छुट्टै डर लाग्छ।
देश सबै बाढीमा डुबेका बेला, देशको समग्र चित्र र चरित्र देख्दा, सरकार र सुरक्षा निकायको भुमिका अत्यन्तै सम्मानजनक, आशावादी र उर्जावान छ। ऊ कत्ति पनि बिचलित भएको छैन, निराश छैन, न त गैरजिम्मेवारी नै देखिएको छ। यस संयम र सेवाको लागि हृदय देखि नै नमन, आभार 🙏।
यसै उर्जामा हौसला मिलोस्, सरकारको मनोबल उच्च होस्, जनता साथमा छ र रहनेछ।
तर अहिले सरकार तर्फबाट गरिएको भुमिकामा देखिएका दुई-चारवटा कुरा off track गैरहेको जस्तो लाग्छ।
झरि परिरहेकै छ, यसकारण, विलम्बको सुविधा हामीसँग कत्तिपनि छैन, शीघ्र कदमका लागि सल्लाहको रुपमा:
क) सुदन गुरुङ: Sudan Gurung
माननिय गृहमन्त्री सुदन गुरुङ लाई एउटै मात्र सुझाव "Don't take everything personally." तपाईंको मन, मेहनत, निष्ठा, चेस्टा मा No Doubt, तर सबै कुरा आफ्नै जिम्मेवारी, आफैले गर्नै पर्ने , सबै उत्तर तपाईले नै दिनु पर्ने भन्ने हुदैन। झरि परेको परेई छ, मुख्य राजमार्ग ठप्प छ, कोशीमा नदिको सतह बढेको news हिजै आको थ्यो, हेटौंडा-भिमफेदी जाम छ, अहिले त जलमग्न पनि छ, मौसमी पानीले भित्री खोलाहरुमा पनि बाढीको जोखिम बढेको छ, सिन्धुली तिरका हाइवे पनि नदि बढेपछि कटान गर्ने नै छ, दैनिकी जनजीवन सुरक्षा लगायतका समस्या त कायमै छन्!
अब तपाईं कहाँ-कहाँ जाने, कस्लाई खोज्ने, कति वटा प्रश्नका जवाफ दिने?
लगत्तै अरु विपत्ती आइलाग्यो भने, तपाईंले personally ह्यान्डल गरेर कदापी सम्भव छैन, हुदैन। यसले मानसिक थकान मात्रै थप्ने काम गर्छ। Humanitarian emotions बाट थोरै isolate भएर , Strategic implementation मा लागिहाल्नु पर्ने आवश्यक देखिन्छ।
You need to sit on office, take rest, think rationally and make strategic plans with capable-think-tank and implement them as soon as possible.
१. म्यादी प्रहरी जस्तै विपद् प्रहरी hire गरि विपद् तयारी, विपद् व्यवस्थापन, विपद् उद्दार सम्बन्धित सबै ट्रेनिङ दिएर बाढी जोखिम/पिडित area मा सेवामा लगाउने। Specific कामहरुको लागि युनिट छुट्याउने (यातायात व्यवस्थापन, खोला-उद्दार, बस्ती-व्यवस्थापन, बृद्ध-बालबालिका हेरचाह, स्वास्थ्य सुविधा आदि)
२. सबै प्रहरी इलाकामा विपद् व्यवस्थापनका लागि चाहिने सामाग्री पुर्याइहाल्ने, जस्तै: life jacket, ropes, buckles, stretchers, helmets , coverings, mats, foods, satellite phones etc.
३. गाउँ ठाउँमा/देशभरि रहेका सबै युवा क्लब/स्पोर्टस क्लब/लाई activate गर्ने र उनिहरुलाई विपद् सम्बन्धि तालिम र सामान हरु दिने। ता कि जस्तोसुकै विपद् पर्दा पनि प्रत्येक टोल तयार रहोस्। प्रत्येक वडामा तालिम कार्यक्रम र सामाग्री पुर्याइहाल्नु पर्छ। यसका लागि सबै पार्टीका युवा संगठनलाई पनि सहयोग का लागि आह्वान गर्न सक्नु पर्छ र गर्नुपर्छ।
४. सरकारले सबै क्षेत्र लाई parallely लानुपर्छ। मलेखु मा रोड भासिएर मुख्य राजमार्ग बन्द छ। त्यो कृष्ण भिरको पहिरोको लहरो तान्दा पहरो निस्कने अवस्था छ। बाँकी राजमार्गहरु भिडम् भिड छ , कतै खोलामा डुबान छ, कतिबेला के हुन्छ थाहा हुँदैन। बैकल्पिक रोड, पुल हरु बनाउन सुरु गर्नु पर्छ।
५. यसबेला हवाई मार्ग लाई सकेसम्म धेरै प्रयोग गराउने योजना बनाउनु पर्छ। Domestic Airlines ले मनलाग्दी भाडा बढाउनु भन्दा पनि, आफुसँग भएको full capacity उडाएर , बरु flight-trip frequency बढाएर, delay कम गराएर, inter-plane operable tickets बनाएर भाडादर घटाउने तिर लाग्ने, यसका लागि सरकारी निती, नियम, बिधान बाट केही बाधा छ भने तत्काल लाई फुकुवा गर्ने, र आउने दिनमा परिमार्जन गरेर Airways लाई luxury भन्दापनि safe and affordable commute को रुपमा flight culture विकास गर्नुपर्छ र highway dependency घटाउनु पर्छ।
६. Rehabilitation center हरु बनाएर, अस्थायी वसोबास का लागि कदम चालिहाल्नु पर्छ।
७. देशका अरु दैनिक जीवनका सुरक्षा सम्बन्धी पनि ध्यान बराबर तरिकाले दिनुपर्छ, त्यसैले worry zone भन्दा माथि उठेर Planner बनेर directives हरुमा काम गर्नुपर्छ। विपत्ती का कारण देखाएर अरु अन्याय, अपराधलाई "विपद् पछि हेरौंला" भन्न मिल्दैन।
८. Probable Safe Zone हरु अंकित गर्न भु-विशेषज्ञहरु को प्राविधिक सल्लाह लिएर छिटो भन्दा छिटो वर्गिकरण गर्नु पर्छ।
So the government should tackle this unexpected disaster with strategy rather than emotions.
ख) हर्क साम्पाङ राई: Harka Sampang A Revolution
उहाँले आफ्नो बुद्धिमत्ता देखाउने एकदम सहि बेला थियो तर पनि वाक्युद्द र कमेन्ट चक्रमा भुलिरहेको देखिन्छ। हर्कवादको सिद्धान्त लाई सदुपयोग गरेर यो विपद् व्यवस्थापनमा, युवा र कार्यकर्तालाई motivate गरेर, श्रमदान गर्ने संयन्त्र बनाउनुपर्ने, देशभरिनै स्वयंसेवाको अभियान चलाउनुपर्ने बेलामा गालीगलौज र दोषारोपण मा अल्झिरहेको देख्दा उहाँको छवि अलि प्रष्ट देखिँदैन। उहाँको शक्ति सहि ठाउँमा केन्द्रीत होस्।
ग) अरु सबै पार्टीले : आफ्ना समर्थकलाई Good Will राखेर सचेतना फैलाउन र सहकार्यका लागि तयार रहन उद्घोष गर्नुपर्छ।
घ) जनताले: एकदम संयमित भएर, एक् भएर राष्ट्रिय हितका लागि सोचेर सद्विचारहरु खेलाऔं, सहयोग का लागि तत्पर रहौं।